site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच वर्षदेखि प्रहरीले भुइँपत्ताल खोज्दा पनि भेटिएनन् तपस्वी रामबहादुर बम्जन 
SkywellSkywell

काठमाडौं । कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित तपस्वी रामबहादुर बम्जन करिब पाँच वर्षदेखि गुमनाम छन् । 

‘उनी कहाँ छन् र के गर्दैछन् ?’ देशको अन्तरिक सुरक्षाको जिम्मा पाएका राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर र अपराध अनुसन्धान गर्ने प्रहरीलाई अत्तोपत्तो छैन । उनीमाथि आश्रम आएका तीन ‘भक्त’ बेपत्ता पारेको आरोप छ । त्यही प्रकरणपछि उनी गुमनाम भएका हुन् ।

उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । तर, त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किन बाध्य भयो ।

KFC Island Ad
NIC Asia

सीआईबीबाहेक सिन्धुली प्रहरी र सर्लाही प्रहरीसमेत उनको खोजीमै छ ।  बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका छन् । 

आश्रमभित्र आफ्ना लागि छुट्टै दरबार समेत निर्माण गरेका थिए ।

Royal Enfield Island Ad

बम्जनको आश्रममा छिरेका प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए । आश्रमका चारै नाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेका थिए । 

उनी हराएपछि प्रहरीले उनको आश्रममा छापा मारेको छैन ।  यद्यपि उनको खोजी अझै जारी रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।  “हामी खोजीमै छौं । तर, फेला परेका छैनन् । पछिल्लो समय उनको ‘मुभमेन्ट’ सिन्धुलीको आश्रमभित्र पनि देखिएको छैन,” एसएसपी आचार्यले भने ।

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । 

जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् । 

सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ । तर, बम्जन अझै अदालतमा समेत हाजिर भएका छैनन् ।

प्रहरीले बम्जनका आश्रमहरुबाट यसअघि शब गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो ।  बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।

बम्जनबारे सुरुवाती चरणको अनुसन्धान गरेका सीआईबीका एक अधिकारीले भने बम्जनले सिन्धुलीको आश्रम अझै नछोडेको दाबी गरे । 

ती अधिकारीले भने, “सिन्धुलीको आश्रम छाडेर बम्जन अन्त जान्छन् जस्तो लाग्दैन । त्यहाँभित्र उनको छुट्टै राज्य छ । गैरकानुनी हिसाबले सरकारले नै संरक्षण गरेको छ । अवैध बिजुलीदेखि यातायात र वन नै फडानी गरेर बसेका छन् ।”

सीआईबीको टोलीले बम्जनको आश्रम भत्काउनुपर्ने प्रतिवेदन जिल्ला वन कार्यालय सिन्धुलीदेखि तत्कालीन सिन्धुलीका प्रहरी प्रमुख एसपी रञ्जु सिग्देललाई दिएको थियो । तर, त्यो कुनै प्रक्रिया अघि बढेन ।

हाल सिन्धुली प्रहरी प्रमुखमा एसपी राजकुमार सिलवाल छन् ।  उनले पनि बम्जनबारे खोजी जारी रहे पनि नभेटिएको बाह्रखरीलाई बताए । 

“हामीले पनि खोजी कार्य जारी नै राखेका छौँ । तर, भेटिएका छैनन् । तीन महिनाअघि मात्रै हाम्रो टोलीले आश्रममा छापा मारेको थियो भेटिएनन्,” एसपी सिलवाले भने । आश्रमभित्र बम्जन बस्ने कोठाहरु भत्किन र ढुसी देखिएको प्रहरीले जनाएको छ । सीआईबीले बम्जनविरुद्ध बालबालिकासम्बन्धी ऐन, २०७६ अनुसार १४ वर्ष जेल सजायको माग राखेर प्रतिवेदन पेस गरेको थियो ।

जसमा बम्जनसहित उनका सहयोगी ज्ञानकुमार बम्जन तथा जितबहादुर तामाङलाई त्यसको आधा सजाय माग दाबी गरी प्रतिवादी बनाइएको छ ।

ड्रोनबाट निगरानी

पछिल्लो समय प्रहरीले बम्जनको निगरानी गर्न ड्रोन क्यामरा प्रयोग गरेको छ । आश्रमको चारै कुना उनका सुराकी रहेको र प्रहरी जाँदा सूचना दिएर भाग्ने आशंका गरेको प्रहरीले उनको आश्रम नजिक समय–समयमा ड्रोन क्यामरा पठाउने गरेको छ ।

सिन्धुली प्रहरीका अनुसार, उनी सिन्धुलीको आश्रम आउन छाडेका छन् ।  “हामी जाँदा उनी भागेर नभेटिएका हुन् कि भनी हामीले गोप्य रुपमा ड्रोनबाट निगरानी गर्नेदेखि अन्य अनुसन्धानका विधि पनि अपनाएका छौं । तर, उनी त्यहाँ देखिएका छैनन्,” सिन्धुलीका एक अधिकारीले भने । 

पछिल्लो समय सीआईबीले समेत गोप्य रुपमा टोली खटाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro