site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एपीएफलाई हराउँदै मधेस फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

काठमाडौं । दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेश पोखरामा जारी केपी ओली राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा मधेसले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो ।

एपीएफका ओपनर तथा कप्तान प्रदीप ऐरीले ५५ रन, सन्दीप जोराले ५४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । २२–२ को अवस्थाबाट यी दुईले तेस्रो विकेटका लागि १०६ रनको साझेदारी गर्दै एपीएफको खेलमा फर्किने सम्भावनालाई कायम राखेका थिए ।

Dabur Nepal
NIC Asia

लोकेश बमले ३२, भुवन कार्कीले १४ र सुमित महर्जनले १३ रन थपे ।

मधेसका विशाल पटेलले तीन विकेट लिए । कप्तान हरिशंकर साहले र प्रदीप पासवानले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९७ रनको योगफल खडा गरेको थियो ।

मधेसका ओपनर अनिलकुमार साहले ३६ बलमा दुई चौका र ६ छक्कासहित ५७ रन बनाए । इमरान सेखले ५० रन थपे । रुपेश सिंहले २१, हिमांशु दत्तले १५ र कप्तान हरिशंकर साहले १० रन जोडे ।

एपीएफका मौसम ढकालले तीन विकेट लिए । अमरसिंह रौटेलाले दुई र पुरन विकले एक विकेट लिए ।

जितसँगै फाइनलमा स्थान बनाएको मधेसले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । आर्मीले आजै भएको पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको फाइनल शुक्रबार पोखरा रंगशालामा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro