site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस पदाधिकारीमा एकजना मात्रै महिला राखेकोप्रति आरजुको असन्तुष्टि
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरूको रूपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरूले केन्द्रीय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन् ।

उनले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन् । उनले पार्टीका विभागहरूमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाइन् ।

"महिलाहरू वडा महिला सदस्य र दलित महिला सदस्यमा मात्रै उठ्ने होइन । त्यही लेभलमा बस्ने हो ? त्यसमा बस्दैनौँ भन्नुभयो, त्यो धेरै हिम्मतको कुरा हो । हामीले हाम्रो पार्टीमा त दबाब दिइसकेका छौँ । हामीले केन्द्रीय समितिमा पनि महिलाहरूले कुरा उठाइसके । अरू पार्टीका सदस्यहरूले पनि कुरा उठाउनुपर्छ । नेपाली कांग्रेस पार्टीको महासमिति पनि आउन लागेको छ । त्यहाँ पनि हामीले एउटा महिला पदाधिकारीका कुराहरू पनि हामी उठाउँछौँ । हरेक लेभलमा खालि किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन ? अरू पोस्टमा पनि महिला हुनसक्छ नि । अहिले विभागहरू बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ," उने भनिन् ।

Global Ime bank

अहिले कांग्रेस सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ छिन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu