राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ । एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार बैठक यही मंसिर १८ गते बस्ने तय भएको छ ।
बैठक केन्द्रीय कार्यालय आालोकनगरमा बिहान ११ः३० बजे बस्नेछ । बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।
एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघको १४–१८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । तर, महाधिवेशनको मिति सार्ने तयारी भइरहेको नेताहरु बताउँछन् ।
“महाधिवेशनबारे छलफल गर्ने सचिवालय बैठकको एजेन्डा छ । त्यसबारे थप निर्णय सोही बैठकबाट हुनेछ,” श्रेष्ठ भन्छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १४:५२
प्रतिक्रिया दिनुहोस्