site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लमजुङको दोर्दीमा 'देशकै पहिलो' समलिंगी विवाह दर्ता

पोखरा । समलिंगी विवाहलाई मान्यता दिने पहिलो स्थानीय तह लमजुङको दोर्दी गाउँपालिका बनेको छ । गाउँपालिकाको वडा नं. २ ले बुधबार समलिंगी विवाहको प्रमाणपत्र दिएको छ ।

विवाह दर्ता प्रमाणपत्रमा वडा कार्यालयले ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको’ उल्लेख गरेको छ ।

नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ का सुरेन्द्र पाण्डे र स्थानीय रामबहादुर गुरुङले गरेको विवाहलाई सामाजिक परम्पराअनुसार विवाह भएको प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

प्रमाणपत्रअनुसार पाण्डेले गुरुङलाई विवाह गरेका हुन् र उनीहरुको विवाह दर्ता भने दुलहीको वडामा गरिएको हो ।

वडा नं. २ का वडाध्यक्ष गणेशबहादुर खत्रीका अनुसार गुरुङको यसअगावै विवाह भइसकेको थियो । पछि, गुरुङले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । पूर्वश्रीमतीतर्फ उनका दुई सन्तान पनि थिए ।

वडाध्यक्ष खत्रीका अनुसार मंगलबार वडामा सम्बन्धविच्छेद दर्ता भएपछि बुधबार गुरुङको विवाह पाण्डेसँग भएको हो ।

BIhe-1701263546.png

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro