site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूकम्पपीडितलाई अस्थायी आवासका लागि तत्काल रकम दिन कांग्रसले गरायो सरकारको ध्यानाकर्षण
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसले भूकम्पपीडितलाई अस्थायी आवसका लागि उपलब्ध गराउने ५० हजार रुपैयाँ तत्काल पीडितको हातमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि पाउने ५० हजार रुपैयाँ पुग्न ढिलाइ हुँदा पीडितहरु थप पीडित हुनुपरेको निष्कर्ष निकालेको छ ।

बैठकमा पार्टी प्रवक्ताको हैसियतमा सहभागी अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले अस्थायी आवासका लागि रकम पठाइसकेको भन्दै केही दिनमै पीडितको हात हातमा पुग्ने बताए । तर, बैठकमा सहभागी नेताहरुले प्रतिवाद गर्दै पीडितलाई अस्थायी आवास निर्माणका लागि रकम वितरण सुरु नै नभएको र पीडितमा सरकारप्रति आशा नजागेको बताए ।

बैठकको अन्त्यमा सभापति देउवाले पार्टीका तर्फबाट पीडितहरुको हातमा चाँडो रकम पुग्ने सुनिश्चिताका लागि आफैले पहल कदमी लिन अर्थमन्त्री महतलाई निर्देशन दिएका थिए । उनले प्रधानमन्त्रीसँग समन्वय गरी पीडितहरुमा भेदभाव नहुने गरी रकम हस्तान्तरणको व्यवस्था मिलाउन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्