राजनीति
कोहलपुर । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था आएको बताएकी छन् ।
‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’अन्तर्गत ‘स्वस्थ सहर अभियानका लागि कार्यशाला गोष्ठी’मा उनले स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरे ।
सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालका अध्यक्षसमेत रहेकी डा राणाले उमेर बढ्दै गएपछि आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेसकी नेत्री डा राणाले नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको बताउँदै नयाँ पुस्तालाई खानपिनबारे शिक्षा दिनुपर्ने बताइन् । रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० २१:२४
प्रतिक्रिया दिनुहोस्