site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो हाफमा काठमाडौं र चितवन गोलरहित बराबर
SkywellSkywell

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा एफसी चितवन र साविक विजेता काठमाडौं रेजर्स बीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सृजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् ।

Dabur Nepal
NIC Asia

प्रतियोगिता दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्ध १–० को जित निकालेको थियो । यता, चितवन भने पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले पराजित भएको थियो ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu