काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मंसिर १४ देखि १८ गतेसम्म भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको जानकारी गराइएको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण केही वर्ष रोकिएको मेलालाई निरन्तरता दिन लागिएको बताए । मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मद्दत पुग्ने र अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताको एकै ठाउँमा भेट हुने माध्यम बन्ने उनले उल्लेख गरे ।
मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट आठ/आठ स्टल रहने उनले जानकारी दिए । २१० स्टलमार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने उनले बताए ।