site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चरित्र अभिनयमा मिहिनेती अर्पणको नयाँ ‘लुक्स’
Tiktok banner adTiktok banner ad

काठमाडौं । क्यारेक्टर लुक्समा मिहिनेत गर्ने थोरै नेपाली कलाकारमध्ये अर्पण थापा पनि एक हुन् । प्रायः खलनायकको भूमिकामा देखिने उनको अभिनय र लुक्स दर्शकले मन पराउने गरेका छन् । 

केही समय अगाडि रिलिज भएको ‘दिमाग खराब’ र त्यसभन्दा अगाडि प्रदशर्नमा आएको ‘प्रसाद–२’ पनि उनी फरक–फरक क्यारेक्टरमा देखिएका थिए । 

निर्माणको चरणमा रहेको चलचित्र ‘रङ्गेली’मा पनि उनी फरक लुक्समा देखिने भएका छन् । आज सार्वजनिक नयाँ क्यारेक्टर पोस्टरमा अभिनेता थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचित गराइएको छ । 

यसअघि ‘रङ्गेली’का कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । 

सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा अर्पणसँगै दयाहाङ, मिरुना तथा प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकार  प्रमुख भूमिकामा छन् । 

चलचित्र आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने निर्माण पक्षले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro