site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एएफसी कप : म्यानमारको क्लबलाई भिसा दिन अस्ट्रेलिया सरकारको अस्वीकार  

काठमाडौं । एएफसी कपअन्तर्गत अस्ट्रेलियाको माकार्थर एफसी र म्यानमारको सान युनाइटेडबीचको खेल ‘तटस्थ’ भूमिमा सरेको छ । म्यानमारको सान युनाइटेडलाई अस्ट्रेलियन सरकारले भिसा दिन अस्वीकार गरेपछि सिड्नीमा हुने तय भएको खेल थाइल्यान्डको बैंककमा सारिएको हो ।

अस्ट्रेलियाको फुटबल संघले सोमबार सरकारले भिसा दिन अस्वीकार गरेपछि खेललाई ‘तटस्थ’ भूमिमा सारिएको जनाएको हो । अब यी दुई टिमबीचको खेल बिहीबार बैंककस्थित बीजी रंगशालामा हुनेछ ।

Dabur Nepal
NIC Asia

अस्ट्रेलियाको ‘ए’ लिग क्लब माकार्थरले गत सेप्टेम्बरमा सानसँग म्यानमारमा खेलेपछि मानव अधिकारवादी समूहबाट चर्को आलोचना खेप्नु परेको थियो । 

“अस्ट्रेलियन सरकारले सान युनाइटेड एफसीका खेलाडी र अफिसियलहरूलाई भिसा दिन अस्वीकार गरेपछि खेल तटस्थ भूमिमा सार्ने निर्णय गरिएको हो । यसको अर्थ सान युनाइटेडले अस्ट्रेलियन भूमिमा खेल्ने कुनै पनि आधिकारिक बाटो छैन,” अस्ट्रेलियन फुटबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएपछि म्यानमारमा रक्तपातपूर्ण हिंसा जारी छ । जसका कारण त्यहाँका रोहिग्या मुस्लिम समुदायका करिब १० लाख मानिस बंगलादेशमा आप्रवासी बनेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro