site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान सरकार विघटन सही निर्णय हुन्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धन सरकार विघटन गरिनुपर्ने बताएका छन् । मुलुकलाई संकटबाट निकास दिन अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उनको भनाइ छ ।

सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समितिको बैठकमा उनले सरकारले बिचौलिया र दलालको हिस्साका रूपमा काम गरिरहेको आरोप लगाए । यस्तो सरकार विघटन गर्नुपर्नेमा उनले जोड दिए ।

उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्न राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे ।

“...हामीले भनेका छौँ– देशको निकासको सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हामीले भनेका छौँ,” उनले भने, “राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । अनि मात्रै देशमा स्थिरता प्रदान हुन्छ । अनैतिकताको राजनीतिलाई अन्त्य गर्नुपर्छ ।”

सरकारले मिटरब्याजीका नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको भन्दै उनले त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी दिए ।

अध्यक्ष साहले राजनीतिक दलहरूले जनमतको अपमान गरेको टिप्पणी गरे । उनले आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गरे ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro