site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सीके राउत नेतृत्वको जनमत पार्टीले मनायो रंगभेदविरुद्धको एकता दिवस
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

आइतबार जनमत पार्टीले काठमाडौंस्थित पार्टी कार्यालयबाहिर ‘रंगभेद आक्रमण अन्त गर’ भन्ने नाराका साथ प्रदर्शन गर्दै रंगभेदविरुद्धको एकता दिवस मनाएको हो । त्यस्तै, तराई मधेसका जिल्लामा पनि रंगभेदविरुद्धको दिवस मनाएको जनमत पार्टीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जनमत पार्टीका सांसद अब्दुल खानले २०७१ मंसिर १० गते काठमाडौंको खुल्लामञ्चमा कार्यक्रम गर्ने क्रममा पार्टी अध्यक्ष राउतलगायत ३०० भन्दा बढी नेता कार्यकर्तालाई रंगकै आधारमा गिरफ्तार गरेकाले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउन थालेको जानकारी दिए ।

जनमत पार्टीले रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भावका लागि मंसिर १० गते रंगभेदविरूद्धको एकता दिवस मनाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव समेत दर्ता गराएको खानले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement