site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासको नियन्त्रणमा रहेका २४ बन्दी रिहा, पहिलो चरणमा छुटेनन् विपिन

काठमाडौं । इजरायलसँगको सहमतिपछि हमासले २४ जना बन्दीलाई रिहा गरेको छ । उनीहरूमध्ये १३ जना इजरायली, १० जना थाई र एकजना फिलिपिन्सका नागरिक रहेको मध्यस्थकर्ताको भूमिकामा रहेको कतारको विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् ।

सुरुमा थाइल्यान्ड र इजिप्टले १२ जना थाई नागरिक रिहा भएको बताएका थिए ।

हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको थियो । रेडक्रसले उनीहरूलाई इजिप्टको बाटो हुँदै इजरायल ल्याएको हो ।

यता इजरायलले बालबालिका र महिलासहित ३९ जना प्यालेस्टाइनी नागरिकलाई रिहा गरेको छ ।

बीबीसीका अनुसार हमासबाट रिहा भएका थाइल्यान्डका सबै नागरिक पुरुष हुन् । उनीहरूलाई ४८ घण्टासम्म मेडिकल सुविधा दिइने छ ।

अल्जजिराका अनुसार हमासको नियन्त्रणमा कम्तीमा २३ जना थाई कामदार रहेको हुन सक्ने विश्वास गरिएको छ । अक्टोबर ७ को आक्रमणमा ३२ थाई कामदारको ज्यान गएको थियो ।

कतार र इजिप्टको मध्यस्थतामा हमास र इजरायलबीच चार दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । त्यस दौरान हमासले ५० जना बन्दी रिहा गर्ने जनाइएको छ । इजरायलले १५० प्यालेस्टाइनी बन्दी छाड्ने छ ।

बाँकी रहेका अरू बन्दीलाई विभिन्न चरणमा छाडिने जनाइएको छ । त्यसमध्ये नेपालका विपिन जोशी पनि रहेका छन् । नेपालको परराष्ट्र मन्त्रालयका अनुसार उनी पनि हमासकै नियन्त्रणमा रहेका छन् । तर, उनी पहिलो चरणमा छुटेनन् ।

नेपालले उनलाई छुटाउन पहल गरिरहेको छ । बिहीबार नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीसँग नेपालले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro