site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको चन्द्र मिसनलाई इलेक्ट्रोनिक्स आपूर्ति गरेका इन्जिनियर बने अर्बपति
SkywellSkywell

काठमाडौं । गत अगस्टमा चन्द्रयान–३ को ल्यान्डर र रोभर चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण भएको थियो ।

यससँगै चन्द्रमामा आफ्नो यान अवतरण गर्नसक्ने भारत चौथो देश बनेको थियो । दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश पनि भारत बनेको थियो ।

भारतको यसै चन्द्र मिसनका लागि विद्युतीय उपकरण निर्माता कम्पनी केनेस टेक्नोलोजी इन्डिया हो ।

KFC Island Ad
NIC Asia

यसको मुख्यालय प्रविधिको हब मानिने बैंगलोर नजिकैको मैसुर सहरमा रहेको छ ।

केनेस टेक्नोलोजीले चन्द्रयान–३ को रोभर र ल्यान्डर दुवैमा प्रयोग हुने उपकरण निर्माण गरेको थियो । 

सन् २०२२ को नोभेम्बरमा यो कम्पनीले बम्बे स्टक एक्सचेन्जमा 'डेब्यू' गरेको थियो । चन्द्र मिसनका लागि यसले उपकरण आपूर्ति गरेको विषय बाहिरिएसँगै कम्पनीको सेयर तीन गुणा बढेको छ ।

अहिले कम्पनीका संस्थापक एवं प्रबन्ध निर्देशक ६० वर्षीय रमेश कुन्हिकान्नन अर्बपति बनेका छन् ।

केनेस टेक्नोलोजीमा ६४ प्रतिशत सेयर रहेको कुन्हिकान्ननको कुल सम्पत्ति १.१ अर्ब अमेरिकी डलर नाघेको फोब्र्सले उल्लेख गरेको छ ।

कुन्हिकान्ननले मैसुरको नेसनल इन्जिनियरिङ् इन्स्टिच्युटबाट स्नातक गरेका थिए । सन् १९८८ विद्युतीय उपकरणको उत्पादनका लागि उनले केनेस टेक्नोलोजिको स्थापना गरेका थिए ।

कम्पनीले प्रिन्टेड सर्किट बोर्डदेखि अटोमोटिभ, एयरोस्पेस, चिकित्सा र रक्षा क्षेत्रका लागि इलेक्ट्रोनिक उपकरणहरू बनाउने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro