site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रसाईंप्रति लक्षित गर्दै ओलीले भने– कतिपय तत्त्व एकछाक भातमा सिंगो भविष्य बेच्न तयार हुन्छन्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राजतन्त्रले के–के गर्‍यो  भन्ने कुरा कहाँबाट आउँछ भन्दै प्रश्न गरेका छन् । 

शुक्रबार युवा संघको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रसाईंको नामै नलिइ उनीमाथि आक्रोश पोखे । 

Dabur Nepal
NIC Asia

“जनतालाई पढाउनुपर्छ भन्थे ? अन्धकारमा राख्नुपर्छ भन्थे । कानुन थिएन । मैले जे भन्यो त्यही मान्नुपर्छ भन्थे । राजतन्त्रले के–के न गर्‍यो भन्ने कुरा कहाँबाट आउँछ,” उनले प्रश्न गरे । 

उनले जनताले १५ वर्षअघि फालेको हेर्दा हेर्दा वाक्क भएर फाल्न नसकिने रहेछ भनेर फालेको राजतन्त्र नफर्किने बताए । एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुने र अरुको छोराछोरीले मरिमेटेर पनि बन्न नपाउने अन्यायपूर्ण व्यवस्था चेतना नभएकाले मात्रै मान्ने बताए । 

उनले देशमा राजतन्त्र काम लाग्दैन भनेर जनताले फालेको बताए । राजतन्त्रमा विकास नै हुन नसकेको बताए । राजा भएर बस्नेले दुनियाँलाई दुख दिएको उनको भनाइ छ । प्रसाईंलाई विकाउ मालको संज्ञा समेत दिए । 

“कुनै धतंगाले बोलेको मैले सुने– यो देश अर्को देशसँग मिसाइदियो भने सस्तोमा साइकल पाइन्छ । साग पाइन्छ के पाइन्छ भन्छ,” ओलीले भने, “एकछाक भातमा सिंगो भविष्य बेच्न तयार हुन्छन् कतिपय तत्त्व । कतिपय विकाउ माल हुन्छन् । त्यस्ताको अभिव्यक्तिसँग देशको सार्वभौमसत्ताको कुरा गर्छन् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro