site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्र सचिव पौड्याल र कतारका विदेश राज्यमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल र नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीबीच शुक्रबार बैठक भएको छ । बैठक सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको थियो ।

बैठकमा व्यापार, लगानी, सहयोग, कतारमा रहेका नेपालीको हितलगायत आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कतारका विदेश राज्यमन्त्री मुरैखीले परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । 

नेपालको दुई दिने भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका उनले मन्त्रालयमा साउदसँग भेटवार्ता गरेका हुन् । 

भेटमा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइ गर्ने सम्झौतामा पुग्न कतारले खेलेको मध्यस्थताको भूमिकाको प्रशंसा गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले हमासले बन्धक बनाएका नेपाली नागरिक विपीन जोशीलाई छिट्टै रिहा गर्न कतारसँग आग्रह गरेका थिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीलाई यथाशीघ्र रिहाइका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro