site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईंको प्रदर्शनमा १५७ सेल अश्रुग्यास प्रहार, प्रहरीसहित २८ जना घाइते

काठमाडौं । गणतन्त्रको विरोधमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा पाँचजना प्रहरीसहित २८ जना घाइते भएका छन् । बिहीबार दिउँसो काठमाडौंस्थित बल्खुमा भएको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीतर्फ पाँचजना र प्रदर्शनकारीतर्फ २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ घाइते भएकामध्ये १७ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्य ६ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।

भिडलाई नियन्त्रणमा लिन वाटर क्याननबाट पानीको फोहरा हानिएको थियो भने १५७ सेल अश्रुग्यास प्रहार गरिएको थियो । पाँच राउन्ड रबरको गोलरी प्रहार गरिएको प्रहरीले जनाएको छ । 

 

Global Ime bank

प्रारम्भिक विवरण अनुसार प्रहरीको तीनवटा मेघाफोन, ११ वटा सिल्ड, तीनवटा हेल्मेट र वाटर क्याननमा क्षति पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu