site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जातीय विभेद गर्ने वडाध्यक्षलाई साढे चार महिना कैद

पोखरा । आफ्नै वडा सदस्यमाथि जातीय विभेद गर्ने पोखरा महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले साढे चार महिना कैद सजाय सुनाएको छ । सार्वजनिक पद धारणा गरेको व्यक्ति भएकाले थप ५० प्रतिशत सजाय तोकिएको छ ।

पोखरा–२४ का वडाध्यक्ष अधिकारी यसअगाडि धरौटीमा छुटेका थिए । गत माघ ९ गते एक लाख ५० हजार रुपैयाँ तिरेर धरौटीमा छुटेका अधिकारीविरुद्धको मुद्दामा अदालतले बिहीबार उनलाई साढे चार महिना कैदसहित ७५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।

न्यायधीश अवनी मैनाली भट्टराइको एकल इजलासले पीडित वडा सदस्य मैया नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिराउनसमेत आदेश दिएको छ ।

वडाध्यक्ष अधिकारीले गत वर्ष पुस १८ गते एक सार्वजनिक कार्यक्रममा नै सदस्य नेपालीमाथि जातीय विभेदजन्य गालीगलौज गरेका थिए । त्यसविरुद्ध नेपाली कानुनी प्रक्रियामा गएकी थिइन् ।

त्यसको पाँच दिनपछि कास्की प्रहरीले वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीमा नेपालीले दिएको जाहेरीमा अधिकारीलाई नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ बमोजिम कारबाही गर्न माग गरिएको थियो ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएबमोजिम फैसला भएको हो । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ । साथै कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्ने प्रावधान थियो, सोही अनुसार फैसला आएको हो ।

पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् । बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro