देश
काठमाडौं । नेपालले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै युद्धविराको स्वागत गरेको हो ।
“नेपाल सरकारले गाजामा बन्दीहरूको रिहाइ र मानवीय सामग्रीको आपूर्तिका लागि मार्ग प्रशस्त गर्ने युद्धविराम सम्झौताको स्वागत गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
सम्झौतामा पुग्नका लागि सबै देश र पक्षहरू मुख्यतया कतार, अमेरिका र इजिप्टले गरेको कूटनीतिक प्रयासको विज्ञप्तिमा नेपालले खुलेर प्रशंसा गरेको छ ।
“नेपाल सरकार नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि पुनः आह्वान गर्दछ,” विज्ञप्तिमा नेपालले भनेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १८:०१
प्रतिक्रिया दिनुहोस्