site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनका गरगहनाका लागि महिलाको हत्या, ६ जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, शान्तिपुरमा एक महिलाको हत्या भएको छ । ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको प्रहरीले जनाएको छ । 

महिलाको हत्या गरी सुनका गरगहना लुटपाट गरिएको थियो । लुटेका गहना किनबेचमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–७, झन्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय इन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्रबहादुर सोव र सोही उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती छन् । 

उनीहरूमध्ये महेशले महिलाको हत्या गरी सुनका गहना लुटेका थिए । लक्ष्मण र निरजले सुनका गहना बिक्री गरेका थिए । न्यू बर्दादेवी सुनचाँदी पसलका संचालक इन्द्र, न्यू दिया सुनचाँदी पसलका संचालक सोव र सुजल सुनचाँदी पसलका संचालक सिजापतीले उक्त सुनका गहना खरिद गरेको खुल्न आएको छ । 

नारुदेवी कात्तिक १९ गते दिउँसो घाँस काट्न घरनजिक मध्यवर्ती सामुदायिक वनमा गएकी थिइन् । घर नफर्केपछि खोजी गर्ने क्रममा कात्तिक २० गते वनमा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा महेशलाई झलारी बजारबाट मंसिर १ गते प्रक्राउ गरिएको जनाइएको छ । 

प्रहरी अनुसन्धान अनुसार महेशले सामुदायिक वनको गेटबाट भित्रतर्फ गइरहेको अवस्थामा नारूदेवीसँग घाँस काटिदिन्छु भन्दै हँसिया मागेका थिए । हँसिया केही टाढा फालेर महिलाकै चुन्नी जस्तो कपडाले घाँटी कसेर हत्या गरेका थिए ।

हत्यापछि महिलाको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुली लुटेका थिए । गरगहना लुटेपछि पसलमा बिक्री गरेका थिए । लुटिएका सुनका गहना समेत तीन वटै पसलबाट प्रहरीले बरामद गरेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro