देश
काठमाडौं । मकवानपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान भूकम्पको धक्का मापन गरिएको हो ।
बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।
यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । मकवानपुरसहित आसपासका जिल्लामा धक्का महसुस गरिएको हो । धक्काका कारण काठमाडौंमा समेत मानिस घरबाहिर निस्किएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० ०१:५४
प्रतिक्रिया दिनुहोस्