site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचार र दण्डहीनताले जनतामा निराशा बढ्यो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताएका छन् । 

मोरङको विराटचोकमा आयोजित नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको उल्लेख गरे । 

“देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको छ,” उनले भने, “दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको छ । केका लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न उब्जिएको छ ।” 

उच्च नैतिकता र आत्मविश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । उनले नेता कार्यकर्तालाई निराश नहुन आग्रह समेत गरे । कोइरालाले युवाहरूको विदेश पलायनका कारण नेपाल बुढौलीहरूको देश बन्ने अवस्था देखिएको बताए । 

पछिल्लो समय अध्ययनका लागि समेत विदेश जाने युवाहरू बढ्दै गएको उनको भनाइ थियो । गत आर्थिक वर्ष अध्ययनकै लागि एक खर्ब ४२ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक प्रस्तुत गर्दै नेता कोइरालाले युवाहरूको विदेशमोह बढ्दै जानु चिन्ताको विषय भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro