site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माइतीघर आसपास निषेधाज्ञाविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा 

काठमडौं । काठमाडौंको माइतीघर आसपासका क्षेत्रमा निषेधाज्ञाविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासको १६औँ नम्बरमा उक्त रिट परेको थियो ।

सुवेदी न्यायाधीश प्रकाशकुमार ढुंगानासँग संयुक्त इजलासमा समेत रहेका थिए । उनले एकल इजलासमा एउटा बन्दीप्रत्यक्षीकरण रिट मात्र हेर्न भ्याए । यस दिन उनको एकल इजलासमा १८ मुद्दा परेका थिए । बाँकी १७ मुद्दा हेर्न नभ्याइनेमा परेका हुन् ।

निषेधाज्ञाविरुद्धको रिटमा अर्को तारिख सार्वजनिक गरिएको छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो मंसिर महिनाभर माइतीघर आसपाको क्षेत्रमा सभा, जुलुस गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध अधिवक्ताहरू भद्रप्रसाद नेपाल र प्रेमप्रसाद सिलवालले मंगलबार रिट दायर गरेका हुन् ।

सर्वोच्चले यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाले जारी गरेको निषेधाज्ञाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सरकारको निर्णय खारेज हुने गरी प्रतिशोधको आदेश जारी गरेको थियो ।

शान्तिपूर्ण विरोधका निम्ति सरकारले ठाउँ तोकिदिन नमिल्ने त्यति बेलाको सर्वोच्चको फैसलामा उल्लेख छ । शान्तिपूर्ण प्रदर्शन र विरोधका निम्ति कुनै पनि ठाउँ निषेधित नहुने सर्वोच्चको फैसला छ ।

मंसिर ७ गते (भोलि) मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले एकसाथ आन्दोलनका कार्यक्रम आयोजना गरेपछि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro