site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
प्राधिकरणले भन्यो– ह्याक हुने सम्भावना बढी छ, भीपीएन प्रयोग नगर्नू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नगर्न आग्रह गरेको छ । टिकटक प्रतिबन्ध भएयता नेपालमा भीपीएनको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ ।

मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले फ्री (निःशुल्क पाइने) भीपीएनको जथाभाबी प्रयोग जोखिमपूर्ण हुनसक्ने भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।

फ्री भीपीएन प्रदायकले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संकलन गरेर तेस्रो पक्षलाई बिक्री गर्ने सम्भावना हुने प्राधिकरणले जनाएको छ ।

यस्तै, फ्री भीपीएनले अनलाइनमा प्रयोगकर्ताले गर्ने गतिविधि अनाधिकृत रूपमा निगरानी गर्नसक्ने र इन्टरनेटको गति तथा गुणस्तर समेत कम हुनसक्ने प्राधिकरणको भनाइ छ ।

फ्री भीपीएनबाट प्रयोगकर्ताको कम्प्युटर तथा मोबाइलमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रणाली तथा संवेदनशील डाटालाई हानी पुर्‍याउनसक्ने प्राधिकरणले बताएको छ ।

फ्री भीपीएन प्रयोग गर्दा ह्याकरहरूले ह्याक गर्ने सम्भावना बढी हुने भएका कारण समेत यसको प्रयोग नगर्न प्राधिकरणले चेतावनी दिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro