site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बाँडफाँटलाई लिएर निर्माता संघ र चलचित्र संघबीच आज पनि वार्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र निर्माता संघ र चलचित्र संघबीच आज पनि वार्ता हुने भएको छ । सेयर बाँडफाँटलगायत विषयमा दुई संघबीच हिजोबाट सुरु वार्ता आज पनि हुन लागेको हो । 

हिजोको वार्तामा सहमति जुट्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो । “आज दिउँसो ३ बजेबाट वार्ता सुरु हुनेछ । सेयर बाँडफाँटलगायत विषयमा सहमतिको प्रयास हुनेछ,” निर्माता अशोक शर्माले भने । 

निर्माताका तर्फबाट वार्ता टोलीको नेतृत्व अशोक शर्मा र चलचित्र संघका तर्फबाट राजकुमार पोखरेलले गरेका छन् । 

निर्माता संघले सिनेमा प्रदर्शन हुँदा हलबाट प्रदर्शन अवधीभर निर्माताले ५० प्रतिशत सेयर पाउनु पर्ने माग गर्दै आएको छ । यो माग पूरा नभए हलमा सिनेमा उतार्ने निर्देशक निश्चल बस्नेतले चेतावनी दिएपछि चलचित्र संघ र निर्माता संघ निकासका लागि वार्तामा बसेका हुन् । 

सहमतिको प्रयास जारी रहेकाले चलचित्र ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने दुई संघबीच सहमति भएको छ । उक्त सहमति भएपछि निश्चल सिनेमाको प्रदर्शनलाई निरन्तरता दिन तयार भएका हुन् । 

हलबाट पहिलो र दोस्रो हप्ता निर्माताले ५० प्रतिशत सेयर पाए पनि तेस्रो हप्ताबाट भने ३५ प्रतिशत मात्रै पाउने गरेका छन् । निश्चलले पूरै प्रदर्शन अवधीभर निर्माताले ५० प्रतिशत सेयर पाउनु पर्ने अथवा विदेशी चलचित्र सरह नेपाली सिनेमाले शोज पाउनु पर्ने अडान राखेका थिए । 

निश्चलको उक्त कदमपछि सुरु भएको चलचित्र संघ र निर्माता संघको वार्तामा सेयरसँगै अन्य मुद्दाले पनि प्रवेश पाएको छ । हलमा ट्रेलर तथा पोस्टरलगायत प्रचार सामग्रीको प्रयोगको मुद्दामा पनि छलफल भएको छ । यही विषयमा आजको वार्तामा पनि छलफल हुने शर्माले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro