site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा बजेटका टुक्रे योजना हटाउन प्रतिस्थापन विधेयक ल्याउने तयारी
कांग्रेस संसदीय दलको बैठकमा बजेटसम्बन्धी सुझाव लिँदै मुख्यमन्त्री केदार कार्की । 
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी सरकारले बजेटमा रहेका टुक्रे कार्यक्रम हटाउन प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । राजनीतिक दलहरूसँगको छलफलपछि टुक्रे कार्यक्रम काट्ने तयारी अन्तिम चरणमा पुगेको सरकारका प्रवक्ता विनाविभागीय मन्त्री शम्शेर राईले जानकारी दिए ।

“बजेट संशोधनको अन्तिम तयारी भइसकेको छ । यो पास गरेपछि मात्र संसदीय समिति र मन्त्रिपरिषद् विस्तार गर्ने अनि मुख्यमन्त्रीले जिम्मेवारी तोक्ने तयारी छ,” मन्त्री राईले भने, “सबै टुक्रे योजना काट्ने भन्दा पनि साना योजनाले परिणाम दिँदैन भन्ने हाम्रो बुझाइ हो । प्रदेशले परिणाममुखी काम गर्नुपर्छ भनेर यो गरिएको हो । पूर्वाधारका कार्यक्रमहरूको पनि वर्गीकरण गरिएको छ । सानो बजेटबाट चल्दै आएका र पूरा हुने अवस्था भए काटिँदैन । तर सुरुमै सानोबाट सुरु गरिएको भए रोक्ने योजना हो ।” 

आफ्नो नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा उल्लेखित धेरै कार्यक्रम संशोधन नगर्न भन्दै एमालेले भने विमति जनाएको छ ।

तर, मन्त्री राईले एमालेको विमतिमा पनि सहमति गरिने बताए । उनले प्रदेशलाई बलियो बनाउन प्रदेशको उपस्थिति देखिने योजना ल्याउन टुक्रे कार्यक्रम हटाउन लागेको बताए ।

एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतिरमण भण्डारीले धेरै कार्यक्रमहरू कटौती नहुनेमा आफूहरू विश्वस्त रहेको बताए । “यस विषयमा हामीले मुख्यमन्त्रीज्यूसँग पनि छलफल गरिसकेका छौँ । सबै कार्यक्रम काटेर जाने भन्ने छैन,” उनले भने । 

भण्डारीले आफूहरूकै समर्थनमा सरकार गठन भएको र ससर्त अनुदानसहितका कतिपय कार्यक्रम कार्यान्वयनमै गइसकेको अवस्थामा धेरै कटौती गर्न नमिल्ने जिकिर गरे ।

यसैबीच नेपाली कांग्रेस संसदीय दल कोसी प्रदेशको बैठकले कांग्रेस नेतृत्वको सरकार भएकाले प्रतिस्थापन गर्दा समेत प्रभावकारीरूपमा गर्नुपर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैटकमा मुख्यमन्त्री केदार कार्कीले बजेट थपघट तथा संधोशन गर्ने विषयमा कांग्रेस सांसदहरूसँग सरसल्लाह गर्दै सुझाव लिएका छन् । 

कांग्रेस सांसद भुपेन्द्र राईले भने, “प्रभावकारी बनाउन सांसदहरूले सुझाव दिनुभएको छ ।”

बैठकले स्थानीय तह सेवा सम्बन्धी विधेयक र प्रदेश निजामति सेवा सम्बन्धी विधेयकमा कर्मचारीतर्फ बाट आउने सरसल्लाह सुझाव लिन राईको नेतृत्वसमा समिति गठन गरेको छ । यसमा गोपाल तामाङ, शोभा चेम्जोङ पालुङ्वा र रामकुमार खत्री सदस्य छन् । 

यसैबीच मुख्यमन्त्रीले बजेटपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने र बजेटमा कांग्रेस सांसदबाट आएका सुझाव तथा दृष्टिकोणलाई समेट्ने विषयमा बैठक केन्द्रित भएको राईले जानकारी दिए ।

मुख्यमन्त्रीले बजेटमा उल्लेखित कार्यक्रम हेर्न तथा संशोधन गर्न विनाविभागीय मन्त्री शम्शेर राई र अर्का मन्त्री कमल जबेगुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले २५ लाखभन्दा साना बजेटका कार्यक्रम नराख्ने अडान लिँदै आएका छन् । 

एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्कीले जेठ ३२ गते आर्थिक र विनियोजन अध्यादेशमार्फत प्रदेशको बजेट सार्वजनिक गरेका थिए । त्यसबेल सरकारले क्षेत्रगत नीति तथा कार्यक्रमहरू कार्यान्वयनको लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रतिस्थापन विधेयकमार्फत बजेट पारित नभएपछि दोस्रो पटक अध्यादेश जारी गर्दै कार्कीले नै कोसी प्रदेशमा बजेटविहीनताको अवस्था टारेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro