site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
म चढेको गाडीलाई ठक्कर दिएर ममाथि आक्रमण गर्ने प्रयास भयो : अमरेशकुमार सिंह
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूमाथि आक्रमणको प्रयास भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूमाथि मंगलबार बिहान सर्लाहीको बलराबाट सिमरा विमानस्थल जानेक्रममा केही व्यक्तिहरूको समूहले आक्रमणको प्रयास गरेको बताएका छन् । 

उनले नाम नै तोकेर आफूमाथि मुन्ना भनिने सुधिर सिंहले बा १७ च ९६३२ नम्बरको गाडीबाट आक्रमणको प्रयास गरेको बताएका छन् ।

"आज आफ्नो गृह निवास बलराबाट एअरपोर्टतर्फ बढ्दै गर्दा सुधिर सिंह उर्फ मुन्ना भन्ने व्यक्तिले बा. १७ च ९६३२ नम्बर को गाडी मा ५–६ जनाको समूहमा गुन्डागर्दी शैलीमा मेरो गाडीलाई ओभरटेक गर्दै गालीगलौज र गाडीलाई ठक्कर दिने काम गरेकाले यथाशीघ्र यस्ता अपराधीलाई कानुनी कारबाही गर्न गृह प्रशासनसँग माग गर्दछु," उनले फेसबुकमा भनेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro