काठमाडौं । सामसङको ग्यालेक्सी एस सिरिजअन्तर्गत नयाँ मोडल ‘ग्यालेक्सी एस२३ एफई’ नेपालमा सार्वजनिक भएको छ ।
ग्यालेक्सी एस२३ एफईमा अत्याधुनिक फिचर र क्यामेरा, गेमिंग विशेष फिचर र शक्तिशाली पर्फमेन्स रहेको कम्पनीले जनाएको छ ।
नेपालमा मिन्ट र ग्रेफाइट गरी दुई रङ भेरियन्टमा फोन उपलब्ध रहेको छ । नोभेम्बर २० देखि सामसङका आधिकारिक बिक्री केन्द्रमा फोनको प्रि अर्डर खुला भएको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एस२३ एफईमा १२० हर्जको रिफ्रेस रेट, ६.४ इञ्चको भव्य एमोलेड २एक्स डिस्प्ले र भिजन बुस्टर जस्ता फिचर रहेका छन् ।
फोनको पछाडि ५० मेगापिक्सल (डब्लू), १२ मेगापिक्सेल (यूडब्लू) र ८ मेगापिक्सेलको (ओआईएस) सहित क्यामेरा रहेको छ । यस्तै, क्यामेरामा एआई टुलहरू रहेका बताइएको छ ।
फोनको मूल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै, सामसङ इन्स्टा फाइनान्समार्फत मासिक चार हजार ३०० रुपैयाँ किस्ता तिरेर पनि फोन किन्न सकिने कम्पनीले जनाएको छ ।