site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको स्वयंसेवी अभियान : प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटमा अस्थायी आवास निर्माण सुरु

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा अस्थायी टहरा निर्माणको काम सुरु भएको छ । नेता पौडेलको नेतृत्वमा सोमबार जाजरकोट पुगेको युवाको टोलीले मंगलबार नलगाड नगरपालिकाको ५ नम्बर वडाको रघुनाथ टोलबाट अस्थायी आवास निर्माणको काम सुरु भएको हो ।

“५० जना हामी काठमाडौंबाट आएका छौँ । थप १०० जना यहाँबाट थपेर काम सुरु भएको छ । हेरौँ, दैनिक कतिवटा निर्माण गर्न सम्भव हुन्छ,” नेता पौडेलले बाह्रखरीसँग भने, “सुरुआत नलगाड नगरपालिकाको वडा नम्बर ५ स्थित रघुनाथ टोलबाट गरेका छौँ । भत्किएका संरचना हटाएर अस्थायी आवास निर्माण गर्नुपर्ने हुँदा एकैदिन धेरैवटा बनाउन सकिने देखिएको छैन ।”

उनले अस्थायी आवाससमेत नहुँदा सुत्केरी र वृद्धवृद्धा बिरामी पर्न थालेका पाइएको भन्दै त्यस्तो समस्या भएका परिवारलाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण हुने बताए ।

पौडेलको टोलीमा रहेका कांग्रेसका महासमिति सदस्य सुशील भट्टले कांग्रेसले बनाउने एक हजार अस्थायी आवासमध्ये १०० अस्थायी आवास पौडेलको नेतृत्वमा पूरा हुने बताए ।

“हामी बढीमा पाँच दिनमा १०० अस्थायी आवास निर्माण गरेर भूकम्पपीडितलाई छानोमुनि बनाउने अभियानमा छौँ,” भट्टले भने, “१०० अस्थायी आवास निर्माणपछि हाम्रो टोली अर्को टोलीलाई जिम्मेवारी हस्तान्तरण गरेर काठमाडौं फर्कनेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro