site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजदूत श्रीवास्तवले पछिल्लो तनावबारे प्रधानमन्त्री ओलीलाई गराए जानकारी

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे जानकारी गराएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत श्रीवास्तले भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणपछिको घटनाक्रमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका हुन् । 

राजदूत श्रीवास्तले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको, तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरेका छन् । उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक वक्तत्वप्रति उनले धन्यवाद व्यक्त गरेका थिए । 

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान रहेको बताएका थिए । सोहीअनुरूप उनले उक्त आतंकवादी हमलाको भर्त्सना गरेको जानकारी गराए । 

नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रविरुद्ध भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीले स्पष्ट गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro