site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हरिशंकरको कप्तानीमा मधेसको टिम
Tiktok banner adTiktok banner ad

काठमाडौं । केपी ओली राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० का निम्ति मधेस प्रदेशले हरिशंकर साहको कप्तानीमा टोली सार्वजनिक गरेको छ । राष्ट्रिय टिमबाट खेलिसकेका हरिशंकरको कप्तानीमा मंगलबार १४ सदस्यीय टिम सार्वजनिक गरिएको हो ।

मधेसको टिममा राष्ट्रिय टिमबाट खेलिसकेका पवन सर्राफ र अनिलकुमार साह पनि छन् ।

यही मंसिर ८ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता छ । प्रत्येक समूहमा तीन टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘ए’मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ छन् । समूह ‘बी’मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन् ।

समूह ‘सी’मा नेपाल पुलिस क्लब, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ छन् ।

प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ । फाइनल खेल मंसिर १५ गते हुने तय छ ।

मधेसको टिम
हरिशंकर साह (कप्तान), इमरान सेख, मयन यादव, अनिलकुमार साह (विकेटकिपर), पवन सर्राफ, राकेश कामत, विशाल सुस्लिङ, रोहन विक, विशाल पटेल, पर्तिभ यादव, रुपेश सिंह, संसाद अन्सारी, प्रदीप पासवान र हिमांशु दत्त ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro