site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तराखण्डमा सुरुङभित्र फसेका कामदार भिडियोमा देखिए, खाना पठाइयो

काठमाडौं । भारतको उत्तराखण्डमा नौ दिनदेखि एउटा सुरुङमा फसेका ४१ कामदार पहिलोपटक भिडियोमा देखिएका छन् । सुरुङमा ‘ड्रिल’ गरिएको नयाँ पाइपबाट एन्डोस्कोपिक क्यामेरा प्रयोग गरेर सोमबार उक्त भिडियो खिचिएको हो ।

ती कामदार सुरुङभित्र फसेयता उद्धारकर्ताले पाइपबाटै पहिलोपटक तातो ताजा खाना पठाएका छन् । उनीहरूले यसअघि साँघुरो पाइपबाट पठाइएको खाजा खाइरहेका थिए ।

उत्तरकाशी जिल्लामा निर्माणाधीन सुरुङमार्गमा नोभेम्बर १२ मा पहिरो खसेपछि उनीहरू त्यहाँ अड्किएका हुन् । सोमबार साँझ उद्धारकर्ता सुरुङभित्र ६ इन्च खुकुलो पाइप धकेल्न सफल भएका थिए ।

अब सुरुङभित्र कामदारलाई अक्सिजन, खाना, औषधि, मोबाइल फोन र चार्जरलगायत सामग्री पठाउन सजिलो हुने बताइएको छ ।

मंगलबार उद्धारकार्य दशौँ दिनमा पुगेको छ । उद्धारकर्ताले ९०० मिलिमिटरको पाइप छिर्न सक्ने चौडाइ बनाएर उनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।

अतिरिक्त उद्धारमार्गका रूपमा थप दुई सुरुङ खन्ने प्रयास पनि भइरहेको बताइएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro