site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभियुक्तहरूको पुनरावेदन मुद्दा न्यायाधीश पाण्डे र खरेलको इजलासमा
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुरु भएको छ । उक्त मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गरी आदेश हुने बताइएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई भुटान पठाउने अभियोगमा जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका २२ अभियुक्तले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका छन् ।

उनीहरुको मुद्दामा पाटन उच्च अदालतले यसअघि नै काठमाडौं जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाइसकेको छ । उक्त मुद्दामा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले २३ कात्तिकमा इजलासबाटै मंसिर ५ को पेसी तोकेका थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro