site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टिकटक प्रतिबन्धविरुद्धका रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन् । सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए ।

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध कार्यान्वयन हुने वा रोकिने भन्ने सर्वोच्चको आदेशमा निर्भर रहन्छ ।

सर्वोच्चले सो प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएमा आममानिसले टिकटक चलाउन पाउनेछन् । सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेमा भने अन्तिम फैसला नहुँदासम्म टिकटकमाथिको प्रतिबन्ध कायम रहनेछ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध १४ रिट दर्ता छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्दलगायत अधिवक्ताले रिट दायर गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro