site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्च, माइतीघरदेखि बानेश्वरसम्मै निषेधित क्षेत्र घोषणा 
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा मंसिर ७ गते हुन लागेका दुई वटा छुट्टाछुट्टै सम्मेलनलाई मध्यनजर गरेर निषेधित क्षेत्र थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

Agni Group

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम यस्तो आदेश जारी गरिएको छ ।

यसअघि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको थियो ।

Global Ime bank

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यका अनुसार माइतीघर मन्डलामा ७ गते हुने भनिएको दुवै पक्षको प्रदर्शन गर्न नदिने गरी निषेधित गरिएको छ ।

काठमाडौं जिप्रकाले दुवै समूहलाई माइतीघर मण्डलाबाहेक तीनकुने, चावहिल, माछापोखरी, मूलपानी क्रिकेट मैदान र नक्साल नारायणचौरमध्ये एकठाउँमा कार्यक्रम गर्न सुझाव समेत दिएको छ ।

police-1700484843.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu