site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, पूर्वतयारी सुरु
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ६ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै दलको सुझाव लिन प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

अर्थतन्त्रका सूचकहरु सकारात्मक भए पनि आर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा कसरी अघि बढ्ने भन्ने समझदारी निर्माणका लागि प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्री दाहालले त्यसकै तयारीका लागि सोमबार आर्थिक क्षेत्रका निकायका प्रतिनिधिहरुको बैठक डाकेका छन् ।

प्रधानमन्त्रीले आन्तरिक अवस्थाका विषयमा जानकारी र सर्वदलीय बैठकमा राख्ने विषयको तयारीका लागि सोमबार ४ः३० बजे आन्तरिक छलफल राखेका हुन् । प्रधानमन्त्री दाहालले अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव, राष्ट्र बैंकका प्रतिनिधिसहितको बैठक डाकेका हुन् ।

“आजको बैठक आन्तरिक छलफलका लागि मात्र हो, यसले अर्थतन्त्रको वास्तविक अवस्थाको बारेमा जानकारी लिन र सुधारका योजना बनाउन मात्र काम गर्नेछ,” प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, “आगामी ५ गते सर्वदलीय बैठक बस्नेछ । त्यो बैठकमा आन्तरिक अवस्थाको ब्रिफिङका साथै सरकारका योजनामा राजनीतिक दलको सुझाव मागिने छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro