site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको सुशासन लक्ष्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले बनायो अध्ययन समिति
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले अध्ययन समिति बनाएको छ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृह मन्त्रालयअन्तर्गतका निकायहरुको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन पूर्वमूख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।

सोमबार गृह मन्त्रालयमा अध्ययन समितिको पहिलो बैठक समेत बसेको छ । समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद् न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुधार गर्न अध्ययन गरेर प्रतिवेदन पेस गर्ने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बताए ।

उक्त क्षेत्रमा अध्ययन गर्न पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्यालको संयोजत्वमा नेपाल प्रहरी, विषयगत उपसमिति, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको संयोजकत्वमा सशस्त्र प्रहरी बल उपसमिति, पूर्वसचिव शरदचन्द्र पौड्यालको संयोजकत्वमा अध्यागमन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

पूर्वसचिव लक्ष्मीप्रसाद ढकाल संयोजकत्वको कारागार व्यवस्थापन उपसमिति र पूर्वसचिव शंकर प्रसाद कोइरालाको संयोजकत्वमा स्थानीय प्रशासन र सेवा प्रवाह उपसमिति गठन गरिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठले समृद्धिको लक्ष्यलाई गुणात्मक ढंगले अघि बढाउने र जनताले महसुस गर्ने गरी परिवर्तन ल्याउन सरकारले आवश्यक अध्ययन गर्ने र अध्ययन प्रतिवेदनलाई दृढतापूर्वक कार्यान्वयन गर्ने बताए ।

अध्ययन समितिलाई तीन महिनाको कार्यादेश दिइएको छ भने समिति र उपसमितिमा रहेका सदस्यहरुले स्वयंसेवकको रुपमा काम गर्ने श्रेष्ठले जानकारी दिए । गत कात्तिक २४ गते गृह मन्त्रालयले विभिन्न क्षेत्रको कामहरुलाई अध्ययन गर्न समिति र उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro