site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अश्लील सामग्रीमा कमेन्ट गर्न नपाइने, साइबर बुलिङमा रोक
सांकेतिक तस्बिर।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकाले सामाजिक सञ्जालमा विभिन्न किसिमका अनैतिक एवं गैरकानुनी गतिविधिमा रोक लगाएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० ले अरूलाई होच्याउने नियतले कुनै सामग्री वा ट्रोल बनाउन रोक लगाएको छ ।

सोमबार सार्वजनिक निर्देशिकाले एनिमेसन वा मोन्टाज जस्ता प्रविधिमार्फत कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्नमा रोक लगाएको छ ।

Agni Group

यस्तै, सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो तथा भिडियो अनुमतिबिना खिचेर सम्पादन, प्रकाशन र प्रसारण गर्न पाइने छैन ।

निर्देशिकाअनुसार अश्लील शब्द, तस्बिर, अडियो, भिडियो एनिमेसनलाई प्रकाशन गर्न पाइने छैन । यस्ता सामग्रीको समर्थनमा कमेन्ट पनि गर्न पाइने छैन ।

Global Ime bank

यस्तै, बालवालिकालाई हानि पुन्याउने सामग्री तथा बाल यौन शोषण, यौन दुर्व्यवहार, देह व्यापारलगायत निषेध गरिएका क्रियाकलापलाई प्रोत्साहन गर्न पाइने छैन ।

सामाजिक सञ्जालमा मिथ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड गरी प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।

कसैलाई गाली गर्ने, हतोत्साहित बनाउने, धम्क्याउने वा हैरान पार्ने जस्ता साइबर बुलिङ मानिने कार्य गर्नमा समेत निर्देशिकाले रोक लगाएको छ ।

यस्तै, लागुऔषध, जुवा, आतङ्कवाद, आईडी तथा सूचना ह्याक गर्ने, फिसिङ, इम्पोटर, विभत्स तस्बिर, भिडियो पोस्ट वा सेयर गर्ने, कानुनले निषेध गरेका वस्तुको विज्ञापन जस्ता गतिविधिमा समेत निर्देशिकाले रोक लगाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu