site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै जनशक्ति उत्पादन गरिनेछ : प्रधानमन्त्री 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै जनशक्ति उत्पादन गरिने बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगको बाह्रौँ बैठकमा उनले यस्तो बताएका हुन् ।

हाल चिकित्सा शिक्षा क्षेत्रबारे बिनातथ्य विभिन्न सूचना आइरहेकाले सेवाप्रदायक संस्था, अभिभावक, विद्यार्थी र नियामक निकाय समेतलाई सही निर्णय लिन कठिन भइरहेको उनले बताए ।

“यो अवस्थामा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार नै जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने हुन्छ,” उनले भने ।

तीन वर्षयता मापदण्ड नपुगेका नर्सिङ कलेजहरू बन्द गरिएसँगै आवश्यक स्वास्थ्य जनशक्तिको आकलन र सोहीअनुसारको उत्पादन हुनुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro