site stats
बाह्रखरी :: Baahrakhari
खेल
इलाममा बस दुर्घटना, ३७ जना घाइते

काठमाडौं । इलाममा बस दुर्घटना भएको छ । रोङ गाउँपालिकाको लसुने र अर्याल चोकको बीच भागमा ना६ख ८४२४ नम्बरको बस दुर्घटना भएको हो ।

भ्रमणका लागि धनुषाबाट इलाम गएका विद्यार्थीसहितको टोली बोकेको बस आइतबार ४ः४० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाले बाह्रखरीलाई जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बसमा सवार ३७ जनामा सबै घाइते भएका छन् । बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

घाइतेमध्ये २६ जनाको झापास्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बाह्रखरीलाई जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्