site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी एकदिवसीय विश्वकप : भारतको २०० रन पूरा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ संघर्षरत देखिएको भारतले २०० रन पूरा गरेको छ ।

आइतबार नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले ४१ ओभरमा पाँच विकेट गुमाएर २०० रन पूरा गरेको हो ।

भारतबाट हाल क्रिजमा केएल राहुल ६६ र सूर्यकुमार यादव नौ रनमा खेलिरहेका छन् ।

त्यसअघि, भारतका ओपनरद्वय कप्तान रोहित शर्माले ४७ रन बनाउँदा सुभमन गिल र श्रेयस ऐयरले समान चार रन बनाएका थिए । विराट कोहली ५४ र रवीन्द्र जडेजा नौ रनमा आउट भएका थिए ।

अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले दुई विकेट लिएका थिए । यस्तै, ग्लेन म्याक्सवेल, जस हेजलवुड र मिचेल स्टार्क एक–एक विकेट लिए ।

दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro