site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दबाबमा भारत, पाँचौँ विकेटको रुपमा आउट भए जडेजा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाका जस हेजलवुडले पाँचौँ सफलता दिलाएका छन् ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले रवीन्द्र जडेजालाई पाँचौँ विकेटको रुपमा गुमाएको हो । जडेजाले भारतीय टिमको स्कोरबोर्डमा नौ रन थपे ।

जारी खेलको ३६ ओभर समाप्त हुँदा भारतले पाँच विकेट गुमाएर १७८ रन बनाएको छ । यसअघि, भारतीय टिमको खातामा कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ५४ रन थप्दा श्रेयस ऐयर र सुभमन गिलले समान चार रन जोडेका थिए ।

दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro