site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी एकदिवसीय विश्वकप : अस्ट्रेलियाविरुद्ध भारतको १०० रन पूरा
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले १०० रन पूरा गरेको छ ।

आइतबार भारतको नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको घरेलु टिमले १४.४ ओभरमा तीन विकेट गुमाएर १०० रन पुर्याएको हो ।

Dabur Nepal
NIC Asia

भारतबाट हाल क्रिजमा रहेका विराट कोहली ३४ र केएल राहुलले नौ रन बनाएका छन् । त्यसअघि, भारतका ओपनरद्वय कप्तान रोहित शर्माले ४७ रन बनाउँदा सुभमन गिल र श्रेयस ऐयरले समान चार रन बनाएका थिए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र कप्तान प्याट कुमिन्सले समान एक विकेट लिए ।

दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu