site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी एकदिवसीय विश्वकप : श्रेयस ऐयर तेस्रो विकेटको रुपमा आउट
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले तेस्रो सफलता दिलाएका छन् ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले मध्यक्रम ब्याटर श्रेयस ऐयरलाई तेस्रो विकेटको रुपमा गुमाएको हो । ऐयर व्यक्तिगत चार रनमा पभेलियन फर्किए ।

Dabur Nepal
NIC Asia

जारी खेलको १०.२ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर ८१ रन बनाएको छ ।

दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu