site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्याटिङमा भारतको मध्यम सुरुआत 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध ब्याटिङमा मध्यम सुरुआत गरेको छ ।

भारतको नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिमले सुरुआती १० ओभरमा दुई विकेट गुमाएर ८१ रन बनाएको छ ।

Dabur Nepal
NIC Asia

भारतबाट हाल क्रिजमा रहेका विराट कोहलीले २३ र श्रेयस ऐयरले चार रन बनाएका छन् । त्यसअघि, भारतका ओपनरद्वय कप्तान रोहित शर्माले ४७ र शुभमन गिलले चार रन बनाएका थिए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान एक विकेट लिए ।

दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro