site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियाविरुद्ध भारत : फाइनलमा प्रभाव पार्न सक्ने चार खेलाडी 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको उपाधिका लागि आइतबार घरेलु टिम भारत र अस्ट्रेलिया भिड्दै छन् । 

यसअघि विश्वकप च्याम्पियन बनिसकेका दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदान उत्रिँदै छन् । हालसम्म भारतले दुई पटक र अस्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जितेका छन् । 

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने फाइनल खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

Dabur Nepal
NIC Asia

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो । 

प्रतियोगितामा भारत एकमात्र अपराजित टिम हो । भारतले यसअघि समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । 

फाइनल पुगेका दुई टिमका समान दुई खेलाडीलाई समेट्दै बाह्रखरीले तयार पारेको प्रभाव पार्न सक्ने चार खेलाडी यस्ता छन् :

विराट कोहली (भारत) 
भारतीय शीर्ष क्रम ब्याटर विराट कोहली जारी विश्वकपमा सम्भवतः आफ्नो करियरकै उच्च लयमा छन् । भारतको सबै जितमा ‘म्याच विनिङ’ प्रदर्शन दिएका कोहलीले १० खेलमा ७११ रन बनाएका छन् । 

प्रतियोगिताको उच्च रन बनाउने खेलाडीको दौडमा पहिलो स्थानमा रहेका कोहलीले तीन शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । फाइनलमा कोहलीको विकेटका लागि अस्ट्रेलियन कप्तान प्याट कुमिन्सको रणनीति महत्वपूर्ण हुनेछ ।

डेविड वार्नर (अस्ट्रेलिया) 
जारी विश्वकपमा अस्ट्रेलियाबाट सर्वाधिक रन बनाउने ब्याटर हुन् ओपनर डेविड वार्नर । अस्ट्रेलियाले फाइनलसम्मको यात्रा तय गर्दा वार्नरले १० खेलमा ५२८ रन बनाएका छन् । यसक्रममा उनले दुई शतक र दुई अर्धशतक बनाएका छन् । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीको छैटौँ स्थानमा छन् । 

मोहम्मद शामी (भारत)
जारी विश्वकपमा भारतीय बलर शामी पनि आफ्नो करियरकै उच्च लयमा छन् । भारतले फाइनलमा स्थान बनाउँदा खेलेका १० खेलमध्ये ६ खेलमा मात्र मौका पाएका शामीले २३ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका शामीले जारी प्रतियोगितामा तीन पटक पाँच विकेट र एक पटक चार विकेट लिएका छन् ।

एडम जाम्पा (अस्ट्रेलिया) 
जारी प्रतियोगितामा अस्ट्रेलियाबाट सबैभन्दा धेरै विकेट लिने बलर हुन् एडम जाम्पा । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका जाम्पाले १० खेलमा २२ विकेट लिएका छन् । जारी प्रतियोगितामा जाम्पाले तीन पटक एकै खेलमा चार विकेट लिएका छन् । फाइलनमा जाम्पाको बलिङ अस्ट्रेलियाको उपाधि यात्रामा महत्वपूर्ण बन्ने निश्चित छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro