site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप उपाधिका लागि भारतलाई अस्ट्रेलियाको चुनौती

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका निम्ति आज (आइतबार) घरेलु टिम भारतलाई अस्ट्रेलियाले चुनौती प्रस्तुत गर्दै छ ।

विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

यता, अस्ट्रेलिया भने आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

Dabur Nepal
NIC Asia

फाइनलअघि अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले आफ्नो टिम भारतको ठूलो दर्शकलाई घरमै मौन बनाउने लक्ष्यमा रहेका बताएका थिए ।

"हामीलाई थाहा छ, रंगशाला पूरा भरी हुनेछ । भारतको समर्थनमा एक लाख ३० हजार दर्शक नै मैदानमा उपस्थित हुनेछन् । खेलमा ठूलो दर्शकलाई मौन बनाउनुभन्दा ठूलो सन्तोष अरू हुँदैन । र, फाइनलमा हाम्रो लक्ष्य यही हुनेछ," कुमिन्सले भने ।

यस्तै, भारतका कप्तान रोहित शर्माले फाइनललाई लिएर आफ्नो टिम धेरै उत्साहित र ठूलो दबाबमा नरहेको बताए ।

"हामी फाइनललाई सहज र शान्त बनाउन चाहन्छौँ । जित हासिल गरे हाम्रो लागि राम्रो हुनेछ । तर, म फाइनलमा धेरै उत्साहित भएर टिममा दबाब थप्न चाहन्न," रोहितले भने ।

फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए । भारत जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro