राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट घरदैलो कार्यक्रम सुरु गर्दै छन् । हिजो चितवन पुगेका उनले आजबाट घरदैलो कार्यक्रमका सुरु गर्न लागेका हुन् ।
उनले आगामी सोमबारसम्म आफूले गरेका कामबारे मतदातालाई जानकारी गराउने छन् ।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत रविले घरदैलो कार्यक्रम चुनावमा मात्र नभएर निरन्तर हुनुपर्ने बताएका छन् । उनले आफूहरूलाई सुझाव दिन पनि आग्रह गरेका छन् ।
निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि जनताको घरदैलोमा आएको उनले बताएका छन् । उनले गएको वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८० ०९:१२
प्रतिक्रिया दिनुहोस्