site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ग्लोबल साउथ समिटमा प्रचण्डको सम्बोधन : जलवायु परिवर्तन जीविकोपार्जनमा गम्भीर खतरा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा बनेको बताएका छन् । ग्लोबल साउथ समिटमा सम्बोधन गर्दै उनले नेपालजस्ता जलवायु संवेदनशील मुलुकले जलवायु परिवर्तनको भार झेलिरहेका बताए ।

“हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा खडा गरेको छ,” उनले भने, “निर्धारित महत्वाकांक्षालाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ ।”

Argakhachi Cement Island Ad

पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ नेपालले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने र हरितको प्रवर्द्धनमार्फत सन् २०४५ सम्ममा शुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको उनले प्रष्ट पारे ।

उनले ‘ग्लोबल साउथः टुगेदर फर वन फ्यूचर’ विषयवस्तुमा आधारित भ्वाइस अफ द ग्लोबल साउथको यो महत्वपूर्ण दोस्रो शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिए ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्